नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरिएको छ । जहाजको एउटा इन्जिनमा धुवाँ देखिएको भन्दै उडेको केही मिनेटमै नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो । श्री एयरको ९ एन– एएनएफ जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको बताइएको छ । नेपालगन्ज विमानीथलबाट १० माइल उडेपछि उक्त जहाज सोही विमानस्थलमा फर्काएर अवतरण गराइएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार जहाज र यात्रुहरु भने सकुशल छन् । फुल इमरर्जेन्सी व्यवस्था गरेर जहाजलाई सुरक्षित अवतरण गरिएको जनाइएको छ ।