नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।

 

पोखरामा आजदेखी सुरू भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गरे ।

 

अध्यक्ष प्रचण्डले भने, “हामी पार्टीमा विवाद भएकाले तपाईहरूसँग आएका होइनौँ । पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार कुरा सुन्न आएका हौँ । हाम्रो पार्टी पूर्ण रूपमा एकताबद्ध छ, कसैले फूटाउन सक्दैन बरु फुटेर गएका शक्तिलाई एकताबद्ध गरिनेछ ।”

 

पार्टीको नेतृत्वमा बनेको सरकारले विकास, समृद्धि र सुशासनका लागि धेरै काम गरेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह गरे ।