काठमाडौं: देशभरका विभिन्न अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञहरुको सहभागितामा राजधानीमा सिएमई कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा रहेका १ सय २५ भन्दा बढी चिकित्सहरुको सहभागीता रहेको थियो ।

नेपलिज् रेष्पीरेटरी सोसाईटीको आयोजनामा सिएमई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम होटल दुषित प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा आयोजना भएको थियो ।

भारतका बरिष्ठ पल्मोनोलोजिष्ट डा.रन्दीप गुलेरियाको प्रमुख आतिथ्यतामा ‘अपडेट अन एन्टीमाइक्रोबियल्स’ नामक सिएमई कार्यक्रम सम्मन्न भएको हो ।


कार्यक्रममा भारतका बरिष्ठ पल्मोनोलोजिष्ट डा.गुलेरियाले ‘रेस्नल एन्टीवायोटिक प्रेप्स्क्रिप्सन फर रेष्पीरेटरी ट्रयाक इन्फेक्सन’ नामक प्रिजेन्टेसन प्रस्तुत गर्नुभएको थियो ।

डा.गुलेरिया भारतमा लोकप्रिय चिकित्सक मानिन्छन् । उनी पद्मश्री अवार्ड प्राप्त चिकित्सक हुन् । यसबाहेक उनले दर्जनौं अवार्डहरु पनि प्राप्त गरिसकेका छन् ।
हाल उनी भारतको प्रतिष्ठित मेदान्त मेडिकल स्कूलका निर्देशक हुन् । डा.गुलेरिया अल इन्डिया इन्ष्टिट्युट अफ मेडिकल साइन्सेस, नयाँ दिल्लीका पूर्व निर्देशक हुन् ।

‘अपडेट अन एन्टीमाइक्रोबियल्स’ नामक सिएमई कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.प्रज्वल श्रेष्ठले नेपालमा फंगल इन्फेक्सनको अवस्थाका बारेमा जानकारीमूलक तथ्यांक प्रस्तुत गर्नुभयो ।

आयोजक संस्था नेपलिज् रेष्पीरेटरी सोसाईटीका महासचिव डा. सन्जीतकृष्ण श्रेष्ठले संस्थाले यस्ता कार्यक्रमहरु विगतका दिनहरुमा पनि आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने जानकारी दिए ।

उनले यस्ता सिएमई कार्यक्रमले चिकित्सकहरुमा विशेषज्ञता वृद्धि गर्न सहयोग पुर्याउने उल्लेख गरे । साथै औषधी उत्पादन गर्ने विभिन्न कम्पनीहरुले समेत यस्ता जानकारीमूलक सिएमई कार्यक्रम गर्नुपर्नेमा समेत डा. श्रेष्ठले जोड दिए ।