युवा पत्रकार नबिन धमला ‘ग्यालेक्सी एक्सिलेन्सी सक्रिय युवा पत्रकारिता अवार्ड’ बाट सम्मानित भएका छन् । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा धमला सम्मानित भएका हुन् ।

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको पत्रकारिता विधाबाट धमलालाई सम्मान गरिएको हो ।

करिब एक दशक भन्दा लामो समय देखि पत्रकारितामा सक्रिय युवा पत्रकार धमलालाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

यसोत धमला विभिन्न संचारमाध्यममा आफ्नो अब्बल क्षमता प्रस्तुत गर्दै आएका छन् ।

बिगत ६ बर्ष देखि प्राईम टाईम्स टेलिभिजनबाट हरेक बिहिबार साँझ ६ः३० बजे प्रसारण हुँदैआएको लोकप्रिय कार्यक्रम स्थानिय जनसरोकार मार्फत गाउँपालिका अध्यक्ष, मेयर, मन्त्री र मुख्य मन्त्रीहरुलाई संघियताको अभ्यास र यसको प्रभावकारीताका विषयमा नागरिकहरुको आवाजको प्रतिनिधित्व गर्दै दरो र खरो प्रश्न राख्ने उर्जाशिल युवा पत्रकार धमलालाई यस वर्षको युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको आयोजक निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टले जनाएको छ ।

पत्रकार धमला राष्ट्रिय डिजिटल मिडिया अनलाइन सरोकारका सम्पादक हुन् ।