प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुनै गुञ्जायस नरहेको बताएका छन् ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा दाहाले यस्तो बताएका हुन् ।

उपममहासचिव जनार्दन शर्माले दस्तावेज नै पेश गरेर अब प्रचण्डले नेतृत्वको विकल्प दिनुपर्ने बताएको सन्दर्भमा उनले पार्टीमा तलमाथि केही नहुने बताउँदै सबै मिलेर अघि बढ्ने जवाफ दिए ।

‘पार्टी बैठकमै नेतृत्व हस्तान्तरणको पस्ताव आएको छ, यसमा के छ तपाईंको धारणा ?’ सोमबार उनलाई पत्रकारहरूले घेरेर सोधे । जवाफमा प्रचण्डले भने, ‘हाम्रो पार्टीभित्र केही हुँदैन, सबै मिलेर अगाडि बढ्छन् । तपाईंहरूलाई न छ तनाव त, हामीलाई केही भएको छैन ।’