मोबाइल ब्राण्ड टेक्नोले नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा सो नियुक्तिबारे जानकारी गराइएको हो ।

उक्त​ कर्य​क्र​ममा टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बेसडरहरूको घोषणा रहेको थियो।

युवा र ऊर्जावान खेलाडीहरूका रुपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको “स्टप एट नथिङ” को भावलाई दर्शाउनेमा टेक्नो विश्वस्त रहेको बताइएको छ। टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ।’

टेक्नोको नेपालभरिका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको बताउँदै कम्पनीले सय दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एकमात्र ब्राण्ड भएको बताएको छ । साथै, कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ ।

टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १० प्रतिशत बजार हिस्सा ओगटेको छ । टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो। टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड हो । साथै टेक्नो नेपालमा लगानी गर्न, साझेदारहरू र खुद्रा विक्रेताहरूका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित छ।