सुधीर नेपाल ।

पूर्व गृहमन्त्री रबि लामिछानेले आफ्नोे पावरको चलखेलाको लागि जसरी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको श्रीमति एवं परराष्ट्रमन्त्री आरजु देउवालाई चलाउने प्रयास गरे नेपाली राजनीतिले नयाँ मोड लियो।

राष्ट्रिय राजनीतिमा आफूलाई भिष्म पितामहको रूपमा उभ्याउने प्रयास गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत केही गर्न नसक्ने अवस्था आएपछि सरकारबाट बाहिरिनु पर्यो। अहिले राष्ट्रिय एकताको सन्देश दिंदै कांग्रेस र एमालेको गठबन्धित सरकार बनेको छ । जसले गर्दा भर्खर पलाएका झिनामसिना दलहरुलाई एमाले र काँग्रेसको गठबन्धनले टाउको दुखाउन थालेको छ ।

जसै पूर्व गृहमन्त्री लामिछानेले आफ्नो बहुलठ्ठी पना राजनीतिमा देखाउन खोजे त्यसको प्रतिफल लामिछाने आफैले भोग्दै छन् । राष्ट्रिय राजनीतिमा भर्खर पलाएका लामिछानेले जसरी आफूलाई प्रयोग गराउन खोजे उनी असफलताको बाटो तर्फ लम्किरहेको आभास पनि गरिन थालिएको छ ।

देशको बरिष्ठ नागरिक माथि बिना प्रमाण नैतिकता बिहिन रूपमा संचार माध्यम प्रयोग गरेर लामिछानेले जुन आरोपलाई बोके त्यसको प्रतिफल लामिछाने आफैले भोग्दै छन् । कुरा रह्यो परराष्ट्रमन्त्री आरजु देउवाको बिगत देखि साभ्रान्त परिवारमा हुर्केकि परराष्ट्रमन्त्री देउवामा धन भन्दा पनि देशको आवश्यकतालाई सोच्ने शक्ति पलाएको कुरा भनि राख्नु पर्ने कुरा होइन।

तर लामिछाने जस्ता राजनीतिमा भखर्रै पलाएकाहरूले जसरी परराष्ट्रमन्त्री देउवा माथि लगाएको आरोप मिथ्या सावित हुँदै छ । सहकारी देखि बिभिन्न आर्थिक किस्साहरुमा आफूलाई अब्बल बनाएर जनता ठग्न पल्केका लामिछाने जस्ता राजनीतिका हुँडरीहरूले गर्दा अहिले नेपाली राजनीति आफ्नो राजनैतिक अस्तित्व जोगाउन यो कदम चाल्नु परेको कुरा बताइ राख्नु पर्दैन होला। त्यसैले अहिलेको गठबन्धनले देशलाई अवस्य निकासा दिन्छ भन्ने नेपाली जन ढुक्क छन् ।