सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेताले भने, ‘‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास