काठमाडौं। नायक श्रीदेव भट्टराई लाई महत्वपूर्ण चलचित्र सम्मान मिलेको छ । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त सम्मान प्राप्त गरेका हुन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो । कलाकारिताको क्षेत्रमा करीब दुई दसकको लामो अनुभव साथै चलचित्रको छेत्र, देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप भट्टराईलाइ नेपालबाट उक्त सम्मानको लागि छनौटमा परि विदेशमा सम्मानित गरिएको हो । यस अघि थाईलैण्डको बैंकक, इजिप्ट, कतार र दुबईमा पनि उहाले अवार्ड , सम्मान हात पारी सक्नु भएको छ ।अहिले सम्म नेपालको एकमात्र अनुशासित कलाकारको अवार्ड पाउने भट्टराईले गिनिज बुकको समेत सर्टिफिकेट हात पारेका पारिसकेका छन। उहाको बिरानो माया . नंया पिढी, सुकुलगुन्डा जस्ता जलचित्र दर्शकको रोजाइका चलचित्र हुन। माधब खरेल द्वारा निर्देशित चलचित्र चिट्ठी उनको अहिले धमा धम छाँयाङकन भै रहेको छ।