नेपाल वायुसेवा निगमको वाइडबडी विमान ए-३३० बुधबार दिउँसाे अष्ट्रेलिया उडेको छ । यो उडान काठमाडौंबाट मलेसिया हुँदै सिड्नी पुग्ने छ | यो जहाजमा अष्टे्रलिया र न्यूजिल्याण्ड २८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । काठमाडौंबाट मलेसिया ४ घन्टा ४० मिनेट र त्यहाँबाट सिड्नी ८ घन्टाको समय लाग्ने निगमले जनाएको छ । यो जहाज सिड्नी पुगेर नेपाल भने रित्तै र्फकनेछ र सिड्नीबाट भने निगमको वाइडबडी मलेसिया नगई सिधै साढे १२ घन्टा जतिमा बिहीबार बेलुकी काठमाडौं फर्किने तालिका रहेको छ । नेपाल एयरलाइन्सको यो दोस्रो अष्टे्रलिया उडान हो । दूतावासले तीन दिनअघिदेखि नै काठमाडौंबाहिर रहेका अष्ट्रेलियाली नागरिक तथा पीआर भएका नेपाली तथा उनीहरुका आफन्तलाई यो उडानका लागि काठमाडौंमा जम्मा गरेको थियो । यसमा ५ जना न्युजिल्याण्डका नागरिक पनि छन् । यस उडानमा  यात्रु स्वयमले नेपाल एयरलाइन्सबाटै सिधै टिकट काटेका छन् ।