अभिनेता सुशान्त कार्कीले कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज गरिएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् । हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।  कार्कीले तीन घुम्ती, सपना तिम्रो मेरो आदि फिल्ममा अभिनय गरेका छन् ।