१८ भदौ – भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीको प्राइभेट वेबसाइटको ट्विटर एकाउण्ट ह्याक भएको सामाजिक सञ्जाल कम्पनीले बताएको हो । ह्याकरले मोदीको एकाउण्ट ह्याक गरेर उनका फलोअर्सहरुलाई राहत कोषका लागि क्रिप्टोकरेन्सीमा पैसा दान गर्न अनुरोध गरेका थिए । उक्त एकाउण्ट सुरक्षित गरिसकेको र येस्ता गतिविधिबाट आफूहरु सतर्क रहेको बताएका छन् ।भारतीय प्रधानमन्त्रीको उक्त ह्याक भएको ट्विट अकाउण्ट हटाइसकेको जनाइएको छ । येसैगरि ट्विटरका प्रवक्ताले अहिले आफूहरु घटनाको अनुसन्धान गरिरहेको अताएक छन्।

यो पछिल्लो हाइ प्रोफाइल ह्याकभएकोमा गत जुलाईमा अमेरिकी राष्ट्रपति पदका प्रत्याशी जो बाइडन र टेस्ला कम्पनीका संस्थापक एलन मस्कको ट्विटर एकाउण्ट पनि ह्याक भएको थियो ।