काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।मेयर शाक्य र उनको श्रीमती ग्रान्डीमा जाँच गर्न जादा मेयर शाक्यमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ भने उनको श्रीमतीमा नेगेटिभ देखिएको छ।
उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए।’लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहेको छु,’ उनले भने।मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको सुनाए। ‘लक्षण केही देखिएको थिएन। त्यहीँ अलिक अगाडि थकान महशुस भएको थियो,’ उनले भने।