१४ भदौ – काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुने मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । सहरमा खानाको अभावमा छाक टार्न मुस्किल परेका जनताहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बस्छन ।

काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु भएपछि खाना खान आउनेहरुको अवधि झन् बढेको छ। खाना बाँड्ने बेलामा बस टर्मिनलमा ५/६ वटा लामो लाइन बनाइनछ व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकलद्वारा सुरुमा खाना खान बस्ने क्षेत्र निसंक्रमण (डिस इन्फेक्सन) गरिन्छ अनि खाना खान आउनेहरुको तापक्रम नाप्ने गरिएको छ।येदि कसैलाई ज्वरो आएको छ भनि अलग्गै राखेर खाना दिन्छन् ।

यसरी हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेको केही दिनपछि २०७५ चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ।