गायक दुर्गेश थापाको नयाँ गीत ‘आलुजस्तो गायक’ गीत सार्वजनिक भएको केही घन्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ। उनको यो नयाँ गीत बिहीबार युट्युब मार्फत सार्वजनिक भएको हो।ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा उनले दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछियो कुरा विवादमा आएका थिए। त्यो घटनापछि दुर्गेस ‘ट्रोल’को सिकार बनेका थिए।धेरैले उनको आलोचना गरे। तर मान्छेबाट गल्ती हुन्छ भन्दै दुर्गेशलाई समर्थन गर्ने र सहानुभूति दिनेको भने कुनै कमी थिएन। ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा भएको घटनालाई ध्यानमा राखेर र आफु अपहेलित हुनुपरेकोमा दुर्गेसले यो गीत सार्वजनिक गरेका छन्।’आलुजस्तो गायक’ बोलको यो गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको कथा समेटेका छन्।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास