लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ ।