जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना अर्को सूचना जारी नभएसम्म उद्योग प्रवेशमा प्रशासनलेले रोक लगाइएको हो । जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । सीमावर्ती भारतीय राज्य बिहारमा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्था र नेपालमा लकडाउनकै समयमा जगदम्बाले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना प्रशासनसम्म पुगेको थियो ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास