नेपाल एयरलाइन्सका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एयरलाइन्सका तीन जना पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तीन जना पाइलट र ११ क्रू मेम्बर रहेका छन् । संक्रमितहरु सोल्टी होटलमा क्वारेन्टाइनमा बस्दै आइरहेको स्रोतले जानकारी दियो । एयरलाइन्सलाई सरकारले विदेशमा रहेका नेपालीलाई उद्धार गरिरहेको छ । एयरलाइन्सले पाइलट र कर्मचारीलाई सोल्टी होटलमा कोठा बुक गरेर राखेको छ । एयरलाइन्सले जापान, अष्ट्रेलिया, कोरिया मलेसियालगायतका देशबाट विचल्लीमा परेका नेपालीहरुको उद्धार गरिरहेको छ । यसअघि हिमालयन एयरलाइन्सका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास