नेपाल एयरलाइन्सको जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरु हुन् । हवाई यात्रुहरु सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरुलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।