सर कार ले कोरोना नियन्त्रण को लाई गरेकी लक डाउन हिजी आइतबार जेठ ३२ गते बाट सकिएको छ ।गएराति १२ बजेबाट पूर्वघोषित लकडाउन सकिएको हो । यद्यपि लकडाउन अवधि पुनः थप गर्ने वा नगर्ने भन्नेबारे सरकारले केही निर्णय गरेको छैन । नेपालमा गत ९ चैतमा पहिलोपटक एक युवतीमा कोरोना देखिएपछि ११ चैतमा लकडाउन घोषणा भएको थियो । त्यसयता पटकपटक थप गरिँदै आइएको लकडाउन अन्तिमपटक आइतबारसम्मका लागि तोकिएको थियो । मन्त्रिपरिषदको गत बुधबारको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो ।त्यसअनुसार बजार तथा पसल खुलेका छन् भने निजी सवारी साधन जोर विजोर प्रणालीका आधारमा चलेका छन् ।