नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरिएको र सोही बमोजिम सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरिएको थियो ।

महासंघले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया सुरु भएको भन्दै सोही बमोजिम सरकारले विभिन्न जिल्ला प्रशासन, सम्बन्धित महानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेअनुसार सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालन हुने प्रवक्ता मनोजकुमार शाहले बताए ।