दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित स्वास्थ्यकर्मी जनता मावि गढवाको क्वारेन्टिनमा खटिएकाहरु हुन् । उनीहरु राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष हुन् ।