नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छन् ।
यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन् त्यस पछि यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन्
नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई गम्भीर रुप मा लियिएको छ । यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् ।