नायिका वर्षा सिवाकोटीले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् । शनिबार बेलुकादेखि नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा परेकी छिन् । वर्षाले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् । वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण अर्की नायिका वर्षा सिवाकोटीलाई भने समस्या परेको छ । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् ।