काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो । ती महिलाको संक्रमण स्रोत भने खुलेको छैन ।