भारतमा हालै प्रदर्शनमा आएको एक पाताल लोक नामक वेब सिरिजामा नेपाली महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएकामा उक्त सिरिजकी निर्मात्री अनुष्का शर्मा बिरुद्ध लिगल नोटिस जारी भएको छ ।अनुष्काले निर्माण गरेको उक्त सिरिजमा नेपाली महिलाहरुमाथि रण….जस्तो तुच्छ शब्दावली प्रयोग भएको छ । भारतमा कुनै पनि विषयमा कानूनी कारबाही थाल्नुअघि विपक्षीलाई दिइने पूर्वजानकारीलाई ‘लिगल नोटिस’ भनिन्छ । भारतमा निःशुल्क कानूनी सल्लाह प्रदान गर्ने एक संस्थासँग सम्वद्ध कानून व्यवसायी वीरेनश्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएका हुन् ।