कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ १ गते देखि रूपन्देहीको अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको अस्पतालले सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ ।  एक साता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।