भारत मा लक डाउन ४ चलिरहेको छ । धेरै स्थान मा लक डाउन खुकुलो गरे सँगइ भारतले अब आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री पुरीले टुइट गर्दै सबै कम्पनी र विमानस्थललाई सेवा सूचारु हुने जानकारी गराएका हुन् । उनका अनुसार भारतले हवाई उडानका दौरान पालना गर्नुपर्ने निर्देशिका भने सरकारले जारी गर्ने भएको छ ।