काठमाडौँको मैतीदेवी मा कोरोना भाइरस का संक्रमित फेला परेपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ। रामेछापको खाडादेवी स्थायी बासिन्दा भइ अहिले मैतिदेवी मा भाडा मा बस्ने जुम्ल्याहा दाजुभाइ मध्येका दाजुलाई संक्रमण देखिएको हो । भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ भने संक्रमित पुष्टि भएकालाई हाल टेकू अस्पतालको आइसोलेशनमा राखिएका छन ।