दुई प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटी सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो । दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए ।