नेपाली सेनाले चीनबाट करिब १८ टन स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । मंगलबार बिहान नेपाल एयरलाइन्सको वाइडबडीमार्फत ती सामग्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइर्पुयाएको हो । ती सामग्रीमा कोरोना भाइरसविरुद्ध आवश्यक पर्ने पिपिई, एन–९५ मास्कलगायत रहेको जनाइएको छ । सेनाका प्रवक्ता विज्ञान देव पाण्डेका अनुसार चीनको ग्वाङ्जाओबाट नेपाल एयरलाइन्सको विमानमा लोड गरेर ती सामाना ल्याइएको हो । सेनाले यसअघि नै स्थलमार्गबाट शनिबार १० कन्टेनर बढी सामान ल्याइसकेको छ । कन्टेनरमार्फत भित्र्याइएको सामान करिब ८ टन बराबर रहेको बताइएको छ ।