काठमाण्डुबाट खोटाङ गएका २० वर्षका युवकमा कोरोना देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५९ पुगेको छ । संक्रमित युवक काठमाण्डुको एक फाइनान्समा पैसा उठाउने काम गर्थे । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ निवासी ती युवक गत १२ वैशाखमा काठमाण्डुबाट बस चढेर घर गएका थिए । नगरपालिकाले लकडाउनका कारण काठमाण्डुमा अलपत्र परेका नगरबासीलाई उद्दार गर्ने क्रममा संक्रमित युवक पनि अरु मानिससँगै गाउँ फर्केको खुलेको छ । युवकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनलाई मंगलबार विराटनगरस्थित कोशी अस्पताल लैजाने बताइएको छ ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास