नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ ।चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज चीन जान लागेको हो । चीनबाट स्वास्थ्य समग्री लोड गरेर भोली बिहान जहाज नेपाल फर्किनेछ । वाइडबडी जहाजमार्फत १८ टन मेडिकल सामग्री ल्याइने र त्यसको सबै प्रक्रिया पूरा भएको सैनिक  जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसअघि २३ वैशाखमा चार्टर्ड जहाज पठाउने तयारी गरेको सेनाले स्वास्थ्य समग्रीको भन्सार प्रक्रिया ढिला हुँदा चार्टर्ड जहाज पठाउन सकेको थिएन ।