आइतबार जिल्ला अस्पताल धनकुटामा कार्यरत एक नर्समा कोरोना सङ्क्रमण भेटिएको पुष्टि भएपछि अस्पताल आसपाससहित बजार क्षेत्रलाई सिल गरिएको छ । आइतबार राति आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको हो ।