प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ। उनी विराटनगर–१५ का स्थानीय हुन्। महानगरले गत बिहीबार ६ र १५ वडाका ४३ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो। जसमध्ये ती पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार विराटनगरका दुईसहित धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। धनकुटाकी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको बताइएको छ।