कपिलवस्तुमा नयाँ थपिएका ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजार क्षेत्रको डियुटीमा खटिएका ३ सुरक्षाकर्मीमा कोरोना भएको हो । प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानका असई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई गरी ३ जनालाई कोरोना देखिएको हो ।