हिजो देखितेको ८३ जना कोरोना सन्क्रमितमा स्वस्थ्यकर्मी र सन्चारकर्मी मा कोरोना सन्क्रमण देखितेको थियो र अहिले खबर आएको छ कि भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको  दुवाकोटस्थित घरमा बस्दै आएका थिए ।

दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्रीको जान्कारी बटुलिदै छ । अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् । अहिले दुबै स्थान हरु सिल गरिएको छ ।