सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । शुक्रबार अपराह्न लकडाउन समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि उनीहरु परेका थिए । उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले लाठी खोसेर प्रहरीलाई नै हिर्काएका थिए र त्यसपछि प्रहरीले उनीहरूमाथि लाठी हानेको थिए । झडपका क्रममा  प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित पाँच प्रहरी र छ चिनियाँ घाइते भएका थिए । पर्यटन भिसामा घुम्न आएका चिनियाँ ठमेलबाट रानीपोखरी, रत्नपार्क हुँदै सिंहदरबारतर्फको निषेधित क्षेत्रतर्फ गएका थिए ।

Police personnel detain stranded Chinese citizens during a protest demanding to return to their country after all international flights and transportation service have halt due to the lockdown imposed by the government taking precautionary measures over COVID-19 contagion in front of Singha Durbar office that houses the Prime Minister’s office and other ministries in Kathmandu, Nepal on Friday, May 08, 2020.