कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल केन्द्रीय राजधानी काठमाडौंमा लकडाउन नखुलाउने निष्कर्ष निकालेको छ । सोमबार सिंहदरबारमा बसेको समिति बैठकले अवस्था र सुरक्षा सतर्कता अनुसार अन्य ठाउँलाई खुलाउने र कडा बनाउने तयारी भएपनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने निर्णय गरेको हो । लकडाउन खुकुलो बनाउनका लागि ठाउँको अवस्था हेरेर ग्रीन जोन, रेड जोन, यल्लो जोन गरी छुट्याइने जानकारी गराइएको छ